३१ चैत काठमाडौँ । पर्साको जिल्ला प्रशासन कार्यालयमा तनाव सिर्जना भएको छ । हिजो भएको दुई समुदाय बीचको झडपपछि उत्पन्न विवाद साम्य पार्न सीडीओ कार्यालय पर्सामा बैठक बसिरहेकै समयमा तनाव सिर्जना भएको हो ।
विवाद समाधान गर्न दुई चरणको छलफल सकेर तेस्रो चरणको वार्ता चलिरहेको समयमा कार्यालयभित्र तनावको अवस्था देखिएको हो ।
राजनीतिक दलहरूले शान्ति अमन चयनमा खलल हुने किसिमका धार्मिक एवं सामुदायिक प्रकारका (याली, बन्द लगायतका कार्यक्रम एवं गतिविधिहरू कुनै पनि संघ संस्था एवं समुदायले नगर्ने प्रतिबद्धता जनाएका थिए ।