Logo

बिहिवार, कार्तिक १३ गते २०८३

४ लाख भन्दा बढीको सामानसहित टेम्पो चालक पक्राउ 

४ लाख भन्दा बढीको सामानसहित टेम्पो चालक पक्राउ 

जोईन खबर

२, बैशाख २०८२
  • 634
    SHARES
  • ४ लाख भन्दा बढीको सामानसहित टेम्पो चालक पक्राउ 

    २ वैशाख काठमाडौँ । रौतहटको बसपार्कमा भन्सार छलीका अवैध सामान बोकेको टेम्पो र चालक पक्राउ  परेका छन् । सिमावर्ती भारतीय बजार बैरगनियाबाट भन्सार छली ल्याएको ४ लाख २९ हजार ९२० रुपैयाँ बराबरको कपडा, किराना बोकेको ना २ ह ४६६० नम्बरको टेम्पोसहित चालक पक्राउ परेका हुन् ।

    images

    पक्राउ पर्ने चालक परोहा नगरपालिका ४ का ३० वर्षीय उमेश कुमार यादवलाई जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले चेकजाँचको क्रममा पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताए ।

    images
    images
    images

    बरामद भन्सार छलीको सामानसहित टेम्पो र चालक यादवलाई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले मंगलवार जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

    प्रहरीको सक्रियताले बिगतको तुलनामा रौतहटमा भारतीय सामानको तस्करी न्यून प्रायः भएको जानकारहरुले बताएका छन् ।

    प्रकाशित मिति :बैशाख २, २०८२ मंगलवार - ११:०१:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको