२ वैशाख काठमाडौँ । भारतको दिल्ली जीटीबी एन्क्लेभ क्षेत्रमा सोमबार मध्यराति गोली हानी एक युवतीको हत्या गरिएको छ।बीबीसी हिन्दीका अनुसार घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
दिल्लीको शाहदराकी अतिरिक्त डीसीपी नेहा यादवले भनिन्, ‘लगभग आधा घण्टाअघि हामीलाई फोन आयो। एक केटीलाई गोली लागेको छ। यो घटना जीटीबी एन्क्लेभ क्षेत्रमा भएको हो।
शव हेर्दा युवती २० वर्षकी देखिन्छिन्। तर, शव पहिचान हुन सकेन। दुईवटा गोलीका निशान छन्। पूर्ण जानकारी पोस्टमार्टम पछि मात्र थाहा हुनेछ।