२ वैशाख काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । विमानस्थलको आगमन टनेल गेटबाट लागुऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका डिउटीमा खटिएका एक प्रहरीले बताए ।
गाँजाजस्तो देखिने करिब ६ किलो ९ सय ७० ग्राम लागुऔषधसहित भारतीय नागरिक पक्राउ परेको हो ।
पक्राउ पर्ने २७ वर्षीय विशाक विजयन रहेका छन्। उनी थाई एयरको उडानबाट बैंककहुँदै नेपाल आएका थिए।
विमानस्थलको टनेल गेटमा जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त पदार्थ फेला परेको हो। घटना बारे थप अनुसान्धन भई रहेको छ ।