Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 नेकपा माओवादी केन्द्रको जनतासँग हुलाकीमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान सुरु

 नेकपा माओवादी केन्द्रको जनतासँग हुलाकीमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान सुरु

जोईन खबर

२, बैशाख २०८२
  • 841
    SHARES
  •  नेकपा माओवादी केन्द्रको जनतासँग हुलाकीमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान सुरु

    २ वैशाख काठमाडौँ । नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी हुलाकीमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान’ सुरु भएको छ । झापाबाट सुरु भएको अभियान गत चैत ८ गते चितवन पुगेर स्थगित गरिएको थियो । फेरी उक्त अभियानका नवलपुरको गैँडाकोटबाट सुरु  गरिएको हो । यस अभियानका क्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम्  पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको टोली गैँडाकोट पुगेका थिए ।नयाँ वर्षको अवसर पारेर नवलपुरबाट पुनः अभियान सुरु गरिएको हो ।

    images

    अध्यक्ष दाहालसहितको टोलीले आज बिहान गैँडाकोट–४ को गैँडाकोट पम्पिङ स्किम खानेपानीबाट अभियानको सुरुआत गरेका छन् । उक्त टोलीले यहाँ करिब पाँच किलोमिटर ‘मर्निङ वाक’  गरेको माओवादी केन्द्र गैँडाकोट नगर समितिका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

    images
    images
    images

    अभियानका क्रममा अध्यक्ष दाहालले गैँडाकोट–८ स्थित लखन चोकमा रहेको नेपालका प्रथम सहिद लखन थापाको सालिकमा माल्यार्पण गर्नुभएको थियो ।अभियानका क्रममा अध्यक्ष दाहालले नगरपालिकाभित्र रहेका पार्टी निकट सहिद परिवार, शुभेच्छुकलगायतका व्यक्तिहरुसँग समेत भेटघाट र कुराकानी गर्नुभएको थियो ।

    अध्यक्ष दाहालले अभियानअन्तर्गत आज दिउँसो देवचुली नगरपालिकाको रजहर, जिल्ला सदरमुकाम कावासोतीलगायतका स्थानमा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।जनतासँग माओवादी हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान कञ्चनपुर पुगेर समापन गर्ने तयारी गरिएको छ ।

    प्रकाशित मिति :बैशाख २, २०८२ मंगलवार - १३:१५:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको