Logo

बिहिवार, कार्तिक १३ गते २०८३

स्वदेश फर्किएका एक युवकमाथि प्रहरीले लछारपछार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल

स्वदेश फर्किएका एक युवकमाथि प्रहरीले लछारपछार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल

जोईन खबर

२, बैशाख २०८२
  • 865
    SHARES
  • स्वदेश फर्किएका एक युवकमाथि प्रहरीले लछारपछार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल

    २ वैशाख काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  हिजोआज सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडिओ भाइरल भउको छ । स्वदेश फर्किएका एक युवकमाथि प्रहरीले लछारपछार गरेको भिडिओमा देखिन्छ।

    images

    प्रहरीको व्यवहारलाई लिएर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।दुई तीन जना प्रहरीले ती युवकलाई हातमा समाएर आगमन कक्षभित्र लगेका थिए। प्रहरी हवल्दारले युवकको अनुहार र खुट्टामा प्रहार गरेको पनि भिडिओमा देखिन्छ।यो भिडिओ खिचेका व्यक्तिले ती युवकलाई नपिट्न प्रहरीलाई आग्रह गरेको सुनिन्छ। दुई मिनेटको भिडिओमा ती युवकका श्रीमतीले श्रीमानमाथि कुटपिट नगर्न अनुरोधसमेत गरेकी छन्।

    images
    images
    images

    प्रहरीलाई छाड्न अनुरोध गरेपछि भने उनीहरू त्यहाँबाट हिँडेका थिए।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल प्रहरीको सुरक्षा कार्यालय गौचरले सुरक्षा दिन्छ। कार्यालयका प्रवक्ता तथा एसपी लालध्वज सुवेदीका अनुसार यो घटना आइतबार बिहान साढे ११ बजेतिरको हो।भिडिओ भाइरल बनेपछि प्रहरीले उनको विवरण बुझ्ने काम गरेको छ। सिसिटिभी फुटेज हेर्दा उनले माथिदेखि नै ‘लफडा’ गरेको उनले बताए।उहाँको अटिट्युड पनि अर्कै रहेछ।

    हामीले सिसिटिभी हेर्‍यौं। उहाँले भन्सारकै कर्मचारीसँग पनि लफडा गर्नुभएको रहेछ,’ उनले भने, ‘हामीले डिटेल निकाल्दैछौं।’बाहिर आएपछि ट्याक्सी चालकसँग पनि लफडा गरेपछि प्रहरीले नियन्त्रणमा लिएको उनले दाबी गरे। ट्याक्सी पनि त्यो ठाउँमा आइरहेको देखिन्छ। ट्याक्सी चालकसँग पनि लफडा गरेका रहेछन्। त्यसपछि प्रहरीले नियन्त्रणमा लिएको हो। 

     

     

    प्रकाशित मिति :बैशाख २, २०८२ मंगलवार - १४:२१:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको