Logo

बिहिवार, कार्तिक १३ गते २०८३

केही दिन देखि आन्दोलनरत शिक्षकहरूले आज नयाँ बानेश्वरमा धर्ना

केही दिन देखि आन्दोलनरत शिक्षकहरूले आज नयाँ बानेश्वरमा धर्ना

जोईन खबर

२, बैशाख २०८२
  • 838
    SHARES
  • केही दिन देखि आन्दोलनरत शिक्षकहरूले आज नयाँ बानेश्वरमा धर्ना

    २ वैशाख काठमाडौँ । केही दिन देखि निरन्तर आन्दोलनरत शिक्षकहरूले नयाँ बानेश्वरमा आज  धर्ना दिएका छन् । शिक्षा ऐन जारी गर्न माग राख्दै माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर शिक्षकहरूले सडकमा धर्ना दिएका हुन् ।

    images

    नयाँ बानेश्वरको निषेधित क्षेत्रबाट अघि बढ्न प्रहरीले रोकेपछि उनीहरू सडकमा नै धर्ना दिएर बसेका हुन् ।शिक्षकहरूको आन्दोलनका कारण नयाँ शैक्षिक सत्र प्रभावित भएको छ ।

    images
    images
    images

    महासंघले विद्यार्थी भर्ना अभियानमा सहभागी नहुने, कक्षा १२ को परिक्षा कार्यक्रममा सहभागी नहुने, एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने निर्णय समेत गरेको छ ।आफ्ना माग पूरा नभएसम्म शैक्षिक हडताल जारी राख्ने महासंघको अडान छ ।

    प्रकाशित मिति :बैशाख २, २०८२ मंगलवार - १४:३९:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको