Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बिस्का जात्रा : २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाए 

बिस्का जात्रा : २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाए 

जोईन खबर

२, बैशाख २०८२
  • 1.3K
    SHARES
  • बिस्का जात्रा  : २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाए 

    २ वैशाख काठमाडौँ । भक्तपुरको मध्यपुरथिमि नगरपालिकास्थीत बोडेमा जिब्रो छेड्ने जात्रा मंगलबार मनाइएको छ । मध्यपुरथिमिस्थित बोडेको जात्रामा यसवर्ष २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएका छन् ।

    images

    बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उनले मंगलबार जिब्रो छेडाएका हुन् ।जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा छ ।

    images
    images
    images

    यही परम्पराअनुसार यसवर्ष तेस्रो पटक सुजनले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् ।नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गणमा रहेको पाटीस्थित मञ्चमा श्रेष्ठको जिब्रो छेडिएको हो ।

    चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिंगो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर जिब्रो छेडाउने चलन छ ।जिब्रो छेडाएपछि चन्द्राकारको भ्वाय अर्थात् महाद्वीप बोकेर टोलटोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकेपछि यो जात्रा सम्पन्न हुन्छ ।

    दैवी शक्तिलाई आधार मानेर प्राचीनकालदेखि नै मनाइदै आएको बोडेको यो जात्रा नीलबाराही देवगणसँग सम्बन्धित रहेको छ ।

    प्रकाशित मिति :बैशाख २, २०८२ मंगलवार - १६:३४:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको