३ वैशाख काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा न २ माथिल्लो भंगाल लामिछाने टोलमा २६ लाख रुपैयाँभन्दा बढीको चोरी भएको छ ।
लामिछाने टोल बस्ने भरत राज श्रेष्ठको घरबाट नगद ७० हजार रूपैयाँ र करिब साढे १४ तोला बराबरको सुनका विभिन्न गरगहना समेत गरी करिब २६ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
घरमा कोही नभएको मौका पारेर मंगलबार साँझ चोरी भएको प्रहरीले जनाएको छ । चोरीमा संलग्नहरु अहिलेसम्म पक्राउ परेका छैनन् । उक्त घटनाको कडा रुपमा अनुसन्धान भई रहेको छ ।