५ वैशाख काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहको छ।
हिजो सबै भन्दा बढी उचाईमा पुगेको सुनको मूल्य यस दिन भने घटेको हो। हिजो सुनको मूल्य १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको थियो। जुन हालसम्मकै उच्च मूल्य हो।
यस दिन भने यस्तो सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ घटेको हो।यस दिन चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार तोलाको १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन पनि सोही मूल्यमा कारोबार भइरहेको संघले जनाएको छ।