Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सभापति देउवाले ,आन्दोलनरत शिक्षकलाई तत्काल विद्यालय फर्काउने  महामन्त्री थापा र  शर्मालाई जिम्मेवारी  दिए

सभापति देउवाले ,आन्दोलनरत शिक्षकलाई तत्काल विद्यालय फर्काउने  महामन्त्री थापा र  शर्मालाई जिम्मेवारी  दिए

जोईन खबर

५, बैशाख २०८२
  • 793
    SHARES
  • सभापति देउवाले ,आन्दोलनरत शिक्षकलाई तत्काल विद्यालय फर्काउने  महामन्त्री थापा र  शर्मालाई जिम्मेवारी  दिए

    ५ वैशाख  काठमाडौँ । नेपाली काँग्रेसले आन्दोलनरत शिक्षकलाई तत्काल विद्यालय फर्काउने वातावरण बनाउने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई जिम्मेवारी दिएको छ।

    images

    सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्रीद्वय र शिक्षा विभागको प्रमुख नैनसिंह महरलाई शिक्षकको माग सम्बोधन गर्ने काममा केन्द्रित हुन निर्देशन दिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।काँग्रेसको अहिले मुख्य एजेण्डा नै शिक्षकहरूको माग सम्बोधन गर्ने कुरामा केन्द्रित छ। सभापतिले अर्थमन्त्री, गृहमन्त्री, उपप्रधान तथा सहकारी विकास मन्त्रीहरूलाई कुरा गर्नुभएको छ। उहाँले सरकारमा मात्रै होइन, पार्टीभित्र पनि महामन्त्रीद्वय र पार्टीको विभाग प्रमुखलाई जिम्मेवारी दिएर आजभोलि नै आन्दोलन फिर्ता हुने काम गर्न निर्देशन दिनुभएको छ।

    images
    images
    images

    सभापति देउवाले मात्रै नभई, महामन्त्रीद्वयले पनि आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्नेबारे यसअघि देखि नै छलफलमा थिए। आन्दोलनरत शिक्षकहरूसँग सरकारले गरेको वार्ता अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन।

    शिक्षकहरूको माग सम्बोधन गर्न प्रधानमन्त्री केपी ओलीले चासो नदेखाएको भन्दै काँग्रेसभित्र असन्तुष्टि बढ्दै छ। मन्त्रिपरिषद्ले गर्न सक्ने मागलाई सम्बोधन गरेर बाँकी कानून बनाउने प्रतिबद्धतासहित शिक्षकहरूलाई कक्षाकोठामा फर्काउनुपर्ने उनको प्रस्ताव थियो। 

    प्रकाशित मिति :बैशाख ५, २०८२ शुक्रवार - १५:११:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको