७ वैशाख काठमाडौँ । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी र बागमतीका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।आज (आइतबार) दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ ।
कोशीलगायत देशको पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।