७ वैशाख काठमाडौँ । दार्चुलामा गुडि रहेको गाडीबाट खसेर गम्भीर घाईते भएका शिक्षकको उपचारको क्रम मृत्यु भएको छ । उक्त घटनामा मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका वडा न –९ गोकुलेश्वरस्थित चौलानी बोर्डिङ स्कुलमा कार्यरत बैतडीको दोगडाकेदार गाउँपालिका वडा न –४ कपिन्नाका २८ वर्षीय विष्णुराज भट्ट रहेका प्रहरीले बताए ।
उनी विद्यार्थी भर्ना अभियान प्रचारप्रसारका क्रममा गोकुलेश्वरबाट पन्ज्युनयाँतर्फ गइरहेका बेला महाकाली राजमार्गअन्तर्गत डिलासैनी गाउँपालिका वडा न –६ बाँगाबगरमा शनिवार बसको ढोकाबाट खसेर उनी गम्भीर घाइते भएका थिए । शिक्षक भट्टको गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरीले जानकारी दिए ।
घटनापश्चात् बस चालक दार्चुलाको शैल्यशिखर नगरपालिका वडा न (५ का उत्तरसिंह डाँगालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकलाई नियन्त्रणमा लिएर थप अनुसान्धान गरिएको छ ।