Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राप्रपाको प्रदर्शन सकियो , प्रदर्शन सकिए लगतै कार्यालयमा बैठक सुरु

राप्रपाको प्रदर्शन सकियो , प्रदर्शन सकिए लगतै कार्यालयमा बैठक सुरु

जोईन खबर

७, बैशाख २०८२
  • 844
    SHARES
  • राप्रपाको प्रदर्शन सकियो , प्रदर्शन सकिए लगतै कार्यालयमा बैठक सुरु

    ७ वैशाख  काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आह्वानमा आइतबार राजधानीमा गरिएको प्रदर्शन सम्पन्न भएको छ । संघीयताको खारेजी, भ्रष्टाचारलगायतको विरोधमा आयोजना गरिएको प्रदर्शन सम्पन्न भएको हो । राप्रपाका नेता कार्यकर्ता बिजुली बजारमा भेला भएर नाराबाजीसहित प्रदर्शनमा सहभागी भएका थिए ।

    images

    सो क्रममा बिजुली बजारबाट नयाँ बानेश्वरस्थित निषेधित घेरा नजिक पुगेर कार्यकर्ताहरु प्रदर्शनमा सहभागी भएका थिए । उता सिंहदबारस्थित संसदीय दलको कार्यालयमा  भेला भएर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरूले सिंहदरबारभित्रै प्रदर्शन गरेका थिए ।

    images
    images
    images

    उनीहरूले सिंहदबारमा पर्चासहित प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । यसैबीच राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी अध्यक्षसहितका नेताहरु पक्राउ परेसँगै अपराह्न ४ बजेपछि बस्नेगरी पार्टी कार्यालय धुम्बाराहीमा आकस्मिक बैठक तय गरिएको हो । 

    प्रकाशित मिति :बैशाख ७, २०८२ आइतवार - १६:५३:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको