८ वैशाख काठमाडौँ । नेपाल प्रहरीको जवान पदको परीक्षामा नक्कली परीक्षार्थीको रूपमा परिक्षा दिराखेका स्ववियु सचिव गोपालबहादुर शाही पक्राउ परेका छन् । पक्राउ परेका उनी हाल काठमाडौंको पिपल बोटमा रहेको अमृत साइन्स क्याम्पस अध्यायन गर्ने बिधार्थी रहेको अनुसन्धानमा खुल्न आएको छ ।
परिक्षा हलबाट पक्राउ परेका शाही गत चैत १० गते एमाले निकट अनेरास्ववियुको प्यानलबाट स्ववियुको सचिव पदमा निर्वाचित भएका थिए। नेपाल प्रहरीको परिक्षा नयाँ बानेश्वरस्थित रत्नराज्य माविमा चलिरहदा शाहीसहित ६ जना नक्कली पक्षिार्थीहरु पक्राउ परेका थिए ।
पक्राउ पर्नेमा स्ववियु सचिव गोपालबहादुर शाही (कालीकोट), मोहन सुनुवार (दोलखा), मनोज शर्मा (सुर्खेत), आकाश खड्का (दैलेख), उमेश शर्मा (सुर्खेत) र मीन रावल (जुम्ला) रहेकाम प्रहरीले बताए ।। प्रहरीले उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ।