Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बारपाक सुलिकोट गाउँपालिकामा  आउदो वैशाख १२ गते सार्वजानिक बिदा 

बारपाक सुलिकोट गाउँपालिकामा  आउदो वैशाख १२ गते सार्वजानिक बिदा 

जोईन खबर

८, बैशाख २०८२
  • 1.1K
    SHARES
  • बारपाक सुलिकोट गाउँपालिकामा  आउदो वैशाख १२ गते  सार्वजानिक  बिदा 

    ८ वैशाख काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले यही वैशाख १२ गते सार्वजानिक बिदा दिने निर्णय गरेको छ । २०७२ वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पको स्मृतिमा  गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले वैशाख १२ गते शुक्रबार दिन सार्वजनिक विदा भनि उक सूचना जारी गरेको छ ।

    images

    पालिकाले  आइतबार सार्वजनिक सूचना जारी गर्दै पालिकाले बैशाख १२ गते पालिका अन्तरगतका सरकारी, गैरसरकारी, संस्थाका कार्यालय, विद्यालय तथा स्वास्थ्यचौकीहरु बन्द हुने  गाउँपालिका अध्यक्ष विष्णु भट्टले जानकारी दिनुभयो ।  यस दिन गाउँपालिकाले विभिन्न कार्यक्रम जसमा  गाउँपालिका वडा न १ बारपाकको हिमालय मा विको प्राङगणमा बिहान १०:३०मा श्रदाञ्जली कार्यक्रम भूकम्प सम्बन्धी फोटो प्रदर्शनी तथा जनचेतनामूलक कार्यक्रम गर्ने हुदा सबै  बुद्वि जिवी अभिभावक तथा विभिन्न राजनिती दलका नेता कार्यकर्तालाइ सहभागिताको लागि अपिल समेत गरेका छन् । 

    images
    images
    images

    बैशाख १२ गते भूकम्पको केन्द्रविन्दू बारपाकमा भूकम्प स्मृति दिवस मनाइने भएको छ । दशौँ  वर्ष अगाडि ०७२ वैशाख १२ गते शनिबार मध्यान्ह्र बारपाक केन्द्रविन्दु बनाएर गएको ७।६ रेक्टर स्केलको भूकम्प र त्यसपछि निरन्तर गएको ठूला पराकम्पमा ज्यान गुमाएका नागरिकको सम्झनामा गाउँपालिकाले विदा दिएको जनाएको हो ।

    ०७२ मा गएको भूकम्पमा गोरखा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौं, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै जनधनको क्षति पुगेको थियो भने ३२ जिल्ला प्रभावित बनेका थिए । त्यो भूकम्प पछिल्लो ८० वर्षकै ठूलो भूकम्प थियो । मुलुकले बिर्सन नसक्ने गरी भूकम्पले धनजनको क्षति गराएको थियो । त्यसअघि विसं १९९०, २०३७, २०४५ र २०६८ मा गएको भूकम्पले नेपालमा विभिन्नस्तरमा क्षति गराएको पाइन्छ ।

    प्रकाशित मिति :बैशाख ८, २०८२ सोमवार - १२:०७:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको