८ वैशाख काठमाडौँ । टिकटक पेस्तोल देखाएर भिडियो बनाएर पोष्ट गरेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पनृे कपिलवस्तुको शुद्धोधन गाउँपालिका-६ महादेव बस्ने २१ वर्षीय रघुबिन्द यादव पक्राउ परेको प्रहरीले जनाएको छ ।
यादवले यही वैशाख ६ गते करिब साढे ६ बजे पेस्तोल देखाएको भिडियो टिकटकमा पोष्ट गरेका थिए । सोही भिडियोका आधारमा उनलाई इलाका प्रहरी कार्यालय पकडीको टोलीले नियन्त्रणमा लिएको हो ।
उनलाई मायादेवी गाउँपालिका(१ पकडी स्थित मायादेवी होटलबाट नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।