Logo

बिहिवार, कार्तिक १३ गते २०८३

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै  रकम ठगी गरेको आरोपमा ३ जना पक्राउ 

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै  रकम ठगी गरेको आरोपमा ३ जना पक्राउ 

जोईन खबर

८, बैशाख २०८२
  • 862
    SHARES
  • वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै  रकम ठगी गरेको आरोपमा ३ जना पक्राउ 

    ८ वैशाख काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३१ बस्ने ललितपुर महालक्ष्मी नगरपालिका-१० घर भएकी २९ वर्षीया उरुषा क्षेत्री, काठमाडौं महानगरपालिका-३२ बस्ने नुवाकोट विदुर नगरपालिका-५ घर भएका २७ वर्षीय केदार ढुङ्गाना र दाङको तुलसीपुर उपमहानगरपालिका-६ घर भएका ४० वर्षीय पोषणराज घर्ती क्षेत्री रहेका छन्।

    images

    पक्राउ मध्ये उरुषाले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट ८ लाख रुपैयाँ, केदारले माल्दिभ्स पठादिन्छु भन्दै २ जना पीडितहरूबाट ८ लाख रुपैयाँ र पोषणराजले जापान पठाइदिन्छु भन्दै २ जना पीडितबाट ३४ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्दै पीडितहरूको उजुरी दिएका थिए।

    images
    images
    images

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उरुषालाई काठमाडौं महानगरपालिका-३१ बाट शनिबार, केदारलाई काठमाडौं महानगरपालिका-३२ बाट शुक्रबार र पोषणराजलाई  दाङको तुल्सीपुर उपमहानगरपालिका-६ बाट बुधबार पक्राउ गरेको हो। पक्राउ मध्ये उरुषा र केदारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग र पोषणराजलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। 
     

    प्रकाशित मिति :बैशाख ८, २०८२ सोमवार - १४:५९:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको