Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चुमनुब्री गाउँपालिकाले  गुरुङ भाषाको वर्ण निर्धारणको काम सुरु , वैशाख ७ गते देखि वैशाख १२ गते सम्म सञ्चालन हुने

चुमनुब्री गाउँपालिकाले  गुरुङ भाषाको वर्ण निर्धारणको काम सुरु , वैशाख ७ गते देखि वैशाख १२ गते सम्म सञ्चालन हुने

जोईन खबर

९, बैशाख २०८२
  • 754
    SHARES
  • चुमनुब्री गाउँपालिकाले  गुरुङ भाषाको वर्ण निर्धारणको काम सुरु , वैशाख ७ गते देखि वैशाख १२ गते सम्म सञ्चालन हुने

    ९ वैशाख काठमाडौँ । उत्तरी गोरखा  चुमनुब्री गाउँपालिकाले   गुरुङ भाषाको वर्ण निर्धारणको काम  वैशाख ७ गते देखि सुरु गरेको छ । चुमनुब्री गाउँपालिका र हिमाली आदिवासी समाजको संयुक्त साझेदारीमा चुमनुब्रीमा बोलिने गुरुङ भाषाको वर्ण निर्धारण गर्न  कार्य सुरु गरिउको हो ।

    images

    यस  हिमाली आदिवासी समाजले  गुरुङ भाषालाई वर्णनिर्धारण गर्न चुमनुब्री गाउँपालिका ३ फिलिमको वडा कार्यालयमा कार्यशाला संचालन गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताउनु भयो । वर्णनिर्धारण कार्यशाला वैशाख ७ गते देखि आगामी बैशाख १२ गतेसम्म संचालन हुने छ । अहिले वर्ण निर्धारणको काम भइरहेको छ । वर्णनिर्धारण गरिसकेपछि शब्दकोष निकाल्ने काम हुन्छ ।

    images
    images
    images

    यसको सबै जिम्मेवारी हिमाली आदिवासी समाजले लिएको छ । पालिकाले भने समन्वयको पाटो मात्र हेरेको प्रमुख प्रशासकिय अधिकृत लामिछानेले जानकारी दिनु भयो । फिलिम लगायत चुमनुब्री गाउँपालिकाभित्रको गुरुङ समुदायले बोल्ने भाषा अरु ठाउँको भन्दा भिन्ना रहेकोले  वर्णनिधारण गरिएको हो ।

    पालिकामा बोलिने स्थानीय मातृभाषाहरु बिस्तारै हराउँदै गएकाले वर्णनिर्धारण गर्न लागिएको  चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनु भयो । चुमनुब्री गाउँपालिकाको फिलिम,सानो फिलिम, सिर्दिबास, पाङसिङ, न्याक, आँगा, सस्र्यु, पातिगाउँ, देवल गाउँ, सल्लेरी, जगत, भालुवाङ, लगायत गुरुङ भाषा बोलिने गाउँहरुबाट २–२ जना प्रतिनिधिहरु आएका छन् । 

    प्रकाशित मिति :बैशाख ९, २०८२ मंगलवार - ११:३१:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको