९ वैशाख काठमाडौँ । निजामती कर्मचारी ट्रेड युनियनले कक्षा १२ को परीक्षा संचालनमा निजामती कर्मचारी परिचालन गर्न खोजिएको भनेर असन्तुष्टि जनाएका छन् ।
मंगलबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै युनियनका नेताहरूले असन्तुष्टि जनाएका हुन् ।१२ कक्षाको परीक्षामा निजामती कर्मचारी परिचालन गर्न खोजिएको छ ।
त्यसमा हाम्रो असहमति छ ।नेपाल निजामती कर्मचारी युनियनका कार्यबाहक अध्यक्ष उत्तम कटुवालले बताए । शिक्षकहरूको आन्दोलन प्रति आफूहरूको पनि समर्थन रहेको भन्दै उनले शिक्षक आन्दोलन कमजोर बनाउने प्रयासलाई समर्थन गर्न नसकिने बताए ।