Logo

बिहिवार, कार्तिक १३ गते २०८३

  सामुदायिक विद्यालयमा नियमित रुपमा पठनपाठन सुचारु गर्न  आँबुखैरेनी गाउँपालिकाको निर्देशन

  सामुदायिक विद्यालयमा नियमित रुपमा पठनपाठन सुचारु गर्न  आँबुखैरेनी गाउँपालिकाको निर्देशन

जोईन खबर

१०, बैशाख २०८२
  • 649
    SHARES
  •   सामुदायिक विद्यालयमा नियमित रुपमा पठनपाठन सुचारु गर्न  आँबुखैरेनी गाउँपालिकाको निर्देशन

    १० वैशाख काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा नियमित रुपमा पठनपाठन सुचारु गर्न निर्देशन दिएको छ। वैशाख १४ गतेदेखि गाउँपालिकामा रहेका सामुदायिक विद्यालयलाई नियमति रुपमा सुचारु गर्न निर्देशन दिएको हो।आफ्ना माग सम्बोधनका लागि वैकल्पिक तरिका अपनाउन गाउँपालिका अध्यक्ष शुक्र चुमानले अनुरोध गरेका छन्।

    images

    गाउँपालिकाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको भन्दै सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न हरदम प्रयत्नशील रहेको स्मरण गराएका छन्।शिक्षकहरुको जायज मागका लागि हाल चलिरहेको आन्दोलनप्रति आँबुखैरेनी गाउँपालिकाको पनि ऐक्यबद्धता रहेको छ। तथापि, लामो समयसम्म विद्यालय बन्द रहँदा भविष्यका कर्णधारका रुपमा रहेका विद्यार्थीहरुमा प्रत्यक्ष असर परेको व्यहोरा सर्वविदितै छ ।

    images
    images
    images

    गाउपालिकाले मंगलबार  एक सूचना जारी गर्दै नेपालको संविधानले नै बालबालिकाले पढ्न पाउने हकलाई मौलिक अधिकारको रुपमा स्थापित गरेको पालिका अध्यक्षले बताए ।  विद्यालयमा नियमित पठनपाठनलाई निरन्तरता दिई आफ्ना मागहरु सरकारद्वारा सम्बोधन गराउनका लागि वैकल्पिक तवरले माग उठान गर्न उनको अनुरोध छ।शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण, शैक्षिक तथा प्रशासनिक काम तत्काल सञ्चालन गर्दै वैशाख १४ गतेबाट कक्षा सञ्चालन गर्न उनले आह्वान गरेका छन्।

    492001576_3909744082615190_3123816943393650293_n.jpg

    शिक्षक आन्दोलनले शैक्षिक सत्र २०८२ सालको विद्यालय भर्ना, सञ्चालन तथा पठनपाठनमा बाधा परेको भनि अभिभावक तथा सरोकारवालाको गुनासो रहेको साथै हालसम्म विद्यालय पनि सञ्चालन नभएको पाइएको छ ।  संस्थागत र सामुदायिक विद्यालयमा एकैपटक पढाइ सुरू गर्ने उद्देश्यले तत्काललाई स्थगित गरेको हो । शिक्षकको आन्दोलनका कारण सामुदायिक विद्यालयको शैक्षिक गतिविधि ठप्प छ।

    प्रकाशित मिति :बैशाख १०, २०८२ बुधवार - १२:३०:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको