११ वैशाख काठमाडौँ । गोरखाको अजिरकोट गाउँपालिका भच्चेक बजारमा तीनमहिने निशुल्क आधारभूत सिलाई कटाइ तालिम संचालन गरिएको छ । अजिरकोट गाउँपालिका वडा न ३ को भच्चेक बजारमा तालिम सञ्चाल हुदै आएको छ ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराको आयोजनामा तालिम संचालन भएको गाउपालिका प्रमुख प्रशासकव्य अधिकृत रचना बुढथोकीले बताउनु भयो । तालिममा अजिरकोट गाउँपालिका भित्रका २० जना महिलाहरुले सहभागिता रहेका छन् ।
तालिममा कक्षा आठ उतीर्ण गरेका र १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका दलित, अपाङ्ग, सहिद परिवार, द्वन्द्व पीडित, वैदेशिक रोजगारीबाट फर्किएका र एकल महिलालाई विशेष प्राथमिकता दिने गरि गरिदै छ ।
महिलाहरुलाई जीविकोपार्जनमा सघाउन र उनीहरुलार्ई उद्यमी बनाउन तालिम संचालन गरिएहो । तीनमहिने सिलाई कटाई तालिमपछि महिलाहरुमा उद्यमशिलताको क्षमता विकास हुने पनि विश्वास गरेका छन् ।
तालिम संचालनका लागि आवश्यक तालिम सामाग्री, तालिम उपकरण र सम्बन्धित विषयको प्रशिक्षक सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले नै उपलब्ध गराएको छ ।