Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको २१ औं संस्करणमा सहभागी हुन नेपाली खेलाडी जापान जाँदै

अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको २१ औं संस्करणमा सहभागी हुन नेपाली खेलाडी जापान जाँदै

जोईन खबर

११, बैशाख २०८२
  • 616
    SHARES
  • अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको २१ औं संस्करणमा सहभागी हुन नेपाली खेलाडी जापान जाँदै

    ११ वैशाख काठमाडौँ । वाटा डब्लुएटीए अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको २१ औं संस्करणमा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली बिहीबार जापानको ओसाका प्रस्थान गर्ने भएको छ ।अप्रिल २५ देखि २७ तारिखसम्म हुने प्रतियोगितामा खेलाडीले ग्योरोगी र पुम्से स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।

    images

    ३० केजीमुनि हृदयणी बस्नेत, ३४ केजीमुनि जोलिना बस्नेत, २४ केजीमुनि सोहन पाठक, यु–१२ एकल पुम्सेमा सक्षम श्रेष्ठ र यु–१४ एकल पुम्सेमा आश्रय उपाध्यायले प्रतिस्पर्धा गर्ने छन् ।प्रशिक्षकमा सरोज तामाङ रहेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद ९साग० की स्वर्ण विजेता काजल श्रेष्ठले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छिन् ।

    images
    images
    images

    काजलले यसै प्रतियोगिताको २० औं संस्करणमा पनि निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।टोलीलाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप० कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपकी सदस्य नन्दा बस्याललगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

    प्रकाशित मिति :बैशाख ११, २०८२ बिहिवार - ११:०३:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको