Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चैत १५ गते  तीनकुनेको प्रदर्शनमा भाटभटेनी सुपरमार्केट  लुटपाट गर्ने  सहमहामन्त्रीका छोरा पक्राउ परेका थिए : राप्रपाका अध्यक्ष  लिङ्देन

चैत १५ गते  तीनकुनेको प्रदर्शनमा भाटभटेनी सुपरमार्केट  लुटपाट गर्ने  सहमहामन्त्रीका छोरा पक्राउ परेका थिए : राप्रपाका अध्यक्ष  लिङ्देन

जोईन खबर

१२, बैशाख २०८२
  • 763
    SHARES
  • चैत १५ गते  तीनकुनेको प्रदर्शनमा भाटभटेनी सुपरमार्केट  लुटपाट गर्ने  सहमहामन्त्रीका छोरा पक्राउ परेका थिए  : राप्रपाका अध्यक्ष  लिङ्देन

    १२ वैशाख काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत १५ गते काठमाडौंको तीनकुनेको प्रदर्शनका घटनामा सत्तारुढ दल नेपाली कांग्रेसका सहमहामन्त्रीकै छोरा पनि पक्राउ परेको  बताएका छन् । आज शुक्रबार प्रतिनिधिसभा बैठकमा पार्टीको तर्फबाट सम्बोधन गर्ने क्रममा अध्यक्ष लिङ्देनले भाटभटेनी सुपरमार्केटमा भएको लुटपाटमा सहमहामन्त्रीका छोरा पक्राउ परेको  सबै सामु सार्वजानि गरेका हुन् ।

    images

    पक्राउ परेका ति व्यक्तिलाई प्रहरीले तुरुन्तै छाडिदिएको जिकिर गरे ।लिङ्देनले आफूसँग सो विषयको रेकर्ड समेत भएको बताए । हामीसँग रेकर्ड छ, गृहमन्त्रीज्यू । किन छाड्नुभयो तुरुन्तै रुपक्राउ परेका सहमहामन्त्रीका छोराको नाम भने उनले खुलाएनन् ।सहमहामन्त्रीका छोरासँगै गएका अर्का व्यक्तिले भाटभटेनीबाट कपडा लिएर गएको पनि उनले बताएका छन् ।

    images
    images
    images

    ती कपडा लिएर जाने व्यक्तिले कुरा खोलिदिने भनेर धम्क्याएपछि उनलाई पनि दुई घण्टामा नै प्रहरीले छाडेको लिङ्देनेको दाबी छ ।तपाईंको नेताको छोराले रक्सी लिएर गयो । उसले ल्याएको मान्छेले म रक्सी खान्न मलाई कपडा काम लाग्छ भनेर कपडा लिएर गयो,’ उनले भने, लिङ्देनले उक्त विषयबारे सत्यतथ्य सार्वजनिक हुन जरुरी रहेको समेत जानकारी गराए । 

    प्रकाशित मिति :बैशाख १२, २०८२ शुक्रवार - १५:५८:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको