१२ वैशाख काठमाडौँ । २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रविन्दुर भएर गएको भूकम्पमा घर भत्किएर २२ घण्टापछि उद्धार गरिएका भक्तपुरका सोनिश अवाल अहिले कक्षा ४ मा पुगेका छन्। उनी अहिले भक्तपुर नगरपालिका वडा न –२, मिवाछें व्यासीस्थित एभरेस्ट स्कुलबाट कक्षा ३ उत्तीर्ण गरी ४ मा पुगेका हुन्।
भूकम्पले घर भत्काएपछि भित्रै पुरिएका उनी तेति बेला पाँच महिनाको थिए । बालक सोनिशलाई २२ घण्टापछि नेपाली सैनिकले उद्धार गरेका थिए। त्यसपछि चर्चामा आएका सोनिश अहिले पनि ‘सेलिब्रेटी’ कै रूपमा छन्।उनी अहिले भक्तपुर नगरपालिका वडा–१० कमलविनायकमा बस्छन् ।
उनी आमा रश्मिलाले घर चलाउन आफू पनि काममा जाने गरेको हसन छिन् । सोनिशका बुबा चालक ढुवानी सामान बोक्ने हुन्। भूकम्पले घर भत्काएपछिपछि लामो समय कोठाभाडामा लिएर बसेको अवाल परिवारले अहिले पुरानै जगमा अस्थायी संरचना बनाएको छ।
आफ्नो भएको जग्गा बाटोको मापदण्डमा परेको र अन्यत्र घर बनाउने जग्गा नभएकाले पुरानै ठाउँमा नक्सा पासबिनै अस्थायी टहरो बनाएर कोठाभाडा तिर्नुपर्ने बाध्यताबाट मुक्त भएको रश्मिलाले बताइन्।मापदण्ड छाडेर घर बनाउने हो भने तीन फिट जग्गा मात्र बाँकी रहेको उनले बताए । उक्त कारण नक्सा पास गरेर पक्की घर बनाउन नपाएको जनाइन ।