Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्री र मुख्यमन्त्री हुँदा पनि गोरखामा सोचेको जस्तो विकास  गर्न सकिएन : पूर्वप्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री र मुख्यमन्त्री हुँदा पनि गोरखामा सोचेको जस्तो विकास  गर्न सकिएन : पूर्वप्रधानमन्त्री प्रचण्ड

जोईन खबर

१२, बैशाख २०८२
  • 916
    SHARES
  • प्रधानमन्त्री र मुख्यमन्त्री हुँदा पनि गोरखामा सोचेको जस्तो विकास  गर्न सकिएन :  पूर्वप्रधानमन्त्री प्रचण्ड

    १२ वैशाख काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हामीले कोलेको जस्तो गोरखामा विकाश गर्न नसकिएको बताए । आज शुक्रबार गोरखाको  बारपाक पुगेर  १० औँ भूकम्प स्मृति दिवसलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले जनताको मतबाट निर्वाचित भएर जादा पनि विकास सोचे जति नभएको महसुस भएको जनाएका छन् ।

    images

    हाम्रै मतबाट गएको मान्छे प्रधानमन्त्री, हाम्रै मतबाट गएको मान्छे मुख्यमन्त्री भएपछि तुरुन्तै रातारात विकासको लहर चल्छ भन्ने सोच्नुभएको थियो,’ उनले भने, ‘त्यो अनुसार गर्न सकिएन भन्ने कुरा मैले महसुस गर्न चाहन्छु । तर केही पनि भएन, केही पनि गरिएन भन्ने भाष्य बनाइयो भने त्यो चाहिँ सत्य होइन ।उनले बारपाक ढल निकास आयोजना २८ करोडको ठेक्का लगाएर काम अघि बढेको, १० करोडको खानेपानी आयोजना, बारपाक बहुप्राविधिक शिक्षालयको छात्रावास तथा प्रशिक्षण भवन, सहिद आशाकाजी श्रेष्ठ स्मृति रङ्गशाला, निर्वाचन क्षेत्रीय रणनीतिक सडकमा ३ करोड विनियोजन गरिएको, ताक्लुङको हुँडीखोला पुल निर्माणको पहल गरेको लगायत काम गरिएको उनले बताए ।

    images
    images
    images

    प्रचण्डले बारपाक भूकम्पकै कारण तत्कालीन समयमा राजनीतिक दलहरू एक ठाउँमा आएर संविधान निर्माण गरिएको र विपद्का बेला राहत र उद्धारमा काम गरेको बताए । देशको भविष्यबारे निकै ठुलो चिन्ता जनतामा थियो । त्यही बेलामा बारपाक केन्द्र बिन्दु भएको भूकम्प गयो,’ उनले भने, ‘सम्पूर्ण देशको मनोविज्ञान अर्को ठाउँमा पुग्यो । बारपाक विरताको लागि विश्वमै परिचित भएको भन्दै उनले भूकम्पपछिको पुनः निर्माणमा गरेको साहसले झनै उचाइ थपिएको बताए । गजे घलेले भिक्टोरिया क्रस पदक पाएपछि साहसिक गाउँको रूपमा बारपाकको परिचय बन्यो । 

    प्रकाशित मिति :बैशाख १२, २०८२ शुक्रवार - २२:४८:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको