Logo

बिहिवार, कार्तिक १३ गते २०८३

२६ औँ दिन शिक्षक आन्दोलनले निषेधित क्षेत्र तोड्दै

२६ औँ दिन शिक्षक आन्दोलनले निषेधित क्षेत्र तोड्दै

जोईन खबर

१४, बैशाख २०८२
  • 823
    SHARES
  • २६ औँ दिन शिक्षक आन्दोलनले निषेधित क्षेत्र तोड्दै

    १४ वैशाख काठमाडौँ । आन्दोलनरत शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको छ।शिक्षकहरूले प्रहरी घेरा तोड्न खोजेका थिए भने ढुंगा हानेका थिए। प्रहरीले निषेधित क्षेत्र तोड्न खोज्ने शिक्षकहरूलाई रोकेको छ, भने पानीको फोहरासमेत हानेको छ।

    images

    विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा छन्। विद्यालय शिक्षा विधेयक भने प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा छलफलकै क्रममा छ। समितिले विवादित विषयमा सहमति जुटाउन उपसमिति बनाएर छलफल गरिरहेको छ।

    images
    images
    images

    माइतीघर हुँदै बानेश्वरतर्फ अघि बढेको शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रोक्न खोजेको थियो।शिक्षकहरू ब्यारिकेड तोडेर अघि बढ्न खोजेपछि प्रहरीले पानीको फोहरा हानेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।प्रहरीमाथि शिक्षकहरूले ढुंगामुढासमेत गरेका छन्। प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

    प्रकाशित मिति :बैशाख १४, २०८२ आइतवार - १३:४९:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको