Logo

बिहिवार, कार्तिक १३ गते २०८३

शिक्षक र प्रहरीबिचको झडप, शिक्षकको आँखा र टाउकोमा ठूलो चोट 

शिक्षक र प्रहरीबिचको झडप, शिक्षकको आँखा र टाउकोमा ठूलो चोट 

जोईन खबर

१४, बैशाख २०८२
  • 778
    SHARES
  • शिक्षक र प्रहरीबिचको झडप, शिक्षकको आँखा र टाउकोमा ठूलो चोट 

    १४ वैशाख काठमाडौँ । शिक्षक र प्रहरीबिच झडप हुदा केशी शिक्षकहर घाईते भएका छन् । उक्त झडपलाई  लिएर  नेपाल शिक्षक महासंघले आजै  बैठक बोलाएको  छ । आन्दोलनले ठुलो रूप लिएपछि महासंघले आकस्मिक बैठक बस्ने निर्णय गरेको हो ।आज दिउँसो ३ बजे बानेश्वरको रत्नराज्य माविमा  महासंघले बैठक बोलाइएको छ ।

    images

    बैठकमा महासंघका पदाधिकारीहरू, जिल्ला अध्यक्षहरू, आन्दोलन परिचालन समितिका पदाधिकारीहरूको  उपस्थिति हुने छ  । बैठकमा आज भएको घटना तथा समग्र आन्दोलनको विषयमा छलफल हुने महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिएका छन् ।प्रहरीसँगको झडपपछि एक दर्जनभन्दा बढी शिक्षकहरू घाइते भएका छन्  ।

    images
    images
    images

    घाइते शिक्षकहरूलाइ  सिभिल हस्पिटल  लगिएको छ ।सामान्य चोट लागेका शिक्षकहरूलाई आन्दोलनस्थलमै उपचार भइरहेको नेपाल शिक्षक महासंघले जनायो काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलनमा शिक्षक र प्रहरीसँग झडप भएको छ ।

    शिक्षकहरूले निषेधित क्षेत्र तोड्न प्रयास गरेपछि प्रहरीले बल प्रयोगपछि शिक्षकहरूले पनि ढुंगामुढा गर्न थालेका थिए । प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहोरासमेत प्रयोग गरेका छन् । 

    प्रकाशित मिति :बैशाख १४, २०८२ आइतवार - १४:३९:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको