Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सांसद राईलाई तीन दिन हिरासतमा राख्ने  अदालतको अनुमति 

सांसद राईलाई तीन दिन हिरासतमा राख्ने  अदालतको अनुमति 

जोईन खबर

१४, बैशाख २०८२
  • 745
    SHARES
  • सांसद राईलाई तीन दिन हिरासतमा राख्ने  अदालतको अनुमति 

    १४ वैशाख काठमाडौँ । नेपाली कांग्रेसकी सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले राईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।शनिबार साँझ पक्राउ परेकी सांसद राईलाई आइतबार अदालत लगिएको थियो ।

    images

    उनलाई काठमाडौं जिल्ला प्रहरी, परिसर भद्रकालीको हिरासतमा राखिएको छ ।राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो ।सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी लामो समयदेखि फरार थिइन् ।

    images
    images
    images

    राई समेत पाँच जनालाई उन्मुक्ति दिँदै ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । राई समेतका व्यक्तिले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

    प्रकाशित मिति :बैशाख १४, २०८२ आइतवार - १५:०१:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको