१५ वैशाख काठमाडौँ । हिजो साँझ परेको चट्याङ लागेर गोरखामा तीन जना घाइते भएका छन् । उक्त घटनामा घाइते हुनेमा गोरखा शहिद लखन गाउँपालिका वडा न –१ बक्राङका ४२ बर्षीय राजु खनाल, पालुङटार नगरपालिका वडा न –७ का ५० बर्षीया सुकमाया आले र उनकी बुहारी १८ बर्षीया विपना आले घाइते भएको गोरखा प्रहरीले बताए ।
हिजो साझ तिर एक्कासी हल्का हावा सगै आएको चट्यङले घरमा बसिरहेको अवस्थामा घाइते भएका हुन् । चट्याङका कारण वेहोस भए घाइते भएका खनाललाई गोरखा अस्पतालमा उपचारका लागि ल्याइएको छ, र अर्काे पालुङटारकी दुई सुकमाया र उनकी बुहारी विपनालाई उपचारका लागि चितवनको नारायणी सामुदायिक अस्पताल पठाइएको गोरखा प्रहरी जनाए र बिरामीको अवस्था बारे जानकारी भएको छैन् ।