१६ वैशाख काठमाडौँ । गोरखा बारपाक सुलिकोट गाउँपालिकामा कृषि सहकारीको कार्यालय तोडफोड लाखौ रकम चोरी भएको छ । बारपाक सलिकोट गाउँपालिका वडा न –५ थालेको पिपलबोटको कृषि सहकारी संस्थामा कार्यालय तोडफोड लाखौ रकम चोरी भएको हो । शनिबार राति संस्थाको कार्यालय तोडफोड गरी २ लाख १५ हजार रकम चोरी भएको संस्थाका अध्यक्ष रामबहादुर खड्काले बताए ।
संस्थाका अध्यक्ष खड्काले भनाइ अनुसार चोरी गर्नेहरुले ‘भवनको मूल गेट र सेफ राखेको कोठाको चावी फुटाएको देखियोको बताए । ‘सेफको लकर फुटाएर भित्र राखेको पैसा लगेको प्रहरीलाई जानकारी गराएका हुन् ।
घटनाको बारे खबर पाए लगतै प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्मा नेतृत्वको टोली घटनास्थल पुगेर चोरी भएको स्थलको निरीक्षण गरेका चिए ।‘संहकारीको आफ्नै भवन गाउँदेखि अलि पर एकान्त जस्तो ठाउँमा रहेकाले चोरी हुदाँ थाहा नपाएको हुन सक्छने प्रहरीको भनाइ छ ।घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
सिसिटिभी जडान नभएकाले चोरी गर्नेको पहिचान गर्न समस्या भएको संस्थाका कर्मचारीले बताए । यसको स्चापना २०७२ साल बैशाख महिनामा देखि सञ्चालन गरिएको हो । अहिले सम्म सेयर सदस्यहरु दुई सय जना भई सकेका छन् ।