१६ वैशाख काठमाडौँ । शिक्षक आन्दोलनको आज २८ दिन शिक्षकहरूले निषेधित क्षेत्र तोड्न प्रयास गरेका छन् । आज नयाँ बानेश्वरमा शिक्षकहरू निषेधित क्षेत्र तोड्न खोजेका हुन्।शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोज्दा सुरक्षाकर्मीहरूले रोके।
उक्त बेला प्रहरी र शिक्षकबीच धकेलाधकेल भयो।उनीहरूले भनेका छन्,‘बरु जागिर छोडिन्छ, निषेधाज्ञा तोडिन्छ।’देशभरका शिक्षक कर्मचारीहरूले चैत २० गतेदेखि शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै गरेको काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन्। हिजो पनि जारी रहेको आन्दोलनमा शिक्षक र प्रहरी बिच झडप भएको थियो ।
हिजो भएको झडपमा केही शिक्षक र एक पत्रकार समेत घाइते भएको थिए । शिक्षक आन्दोलन हिजो भन्दा आज झन बढदै गएको छ । यस बिषयलाई लिएर सरकार केही निर्णय भने दिन सकेको छैन् ।