Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सोती घटनामा संलग्नलाई सफाइ दिने उच्च अदालत सुर्खेतका न्यायाधीशहरू तत्काल बर्खास्त गरी कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन 

सोती घटनामा संलग्नलाई सफाइ दिने उच्च अदालत सुर्खेतका न्यायाधीशहरू तत्काल बर्खास्त गरी कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन 

जोईन खबर

१७, बैशाख २०८२
  • 751
    SHARES
  • सोती घटनामा संलग्नलाई सफाइ दिने उच्च अदालत सुर्खेतका न्यायाधीशहरू तत्काल बर्खास्त गरी कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन 

    १७ वैशाख काठमाडौँ । रुकुमको सोती घटनामा दलित युवक नवराज विक लगायतको हत्या अभियोगमा संलग्नलाई सफाइ दिने उच्च अदालत सुर्खेतका न्यायाधीशहरू सोमकान्त मैनाली र मात्रिकाप्रसाद भण्डारीलाई तत्काल बर्खास्त गरी कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन भएको छ ।

    images

    माइतीघर मण्डलामा ‘दलितका लागि दलित अभियान नेपाल’को आयोजनामा विरोध प्रदर्शन भएको हो । जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनामा उच्च अदालत सुर्खेतले प्रतिवादीहरूले पाएको जन्मकैदको सजाय सदर गरे पनि जातीय विभेद र छुवाछूतको कसुरमा जिल्ला अदालत रुकुम पश्चिमले दिएको आदेशलाई उच्चले बदर गरेको थियो  यसै घटनालाई केही दिन अघि मात्र सफाइ दिएको हो । सफाइ दिए संगै आज काठमाडौमा दलित अभियानले आन्दोलन गरेका हुन् । 

    images
    images
    images

    प्रकाशित मिति :बैशाख १७, २०८२ बुधवार - १५:५४:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको