Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सरकार रशिक्षक महासंघबीच भएको नौ बुँदे सहमति यस्तो 

सरकार रशिक्षक महासंघबीच भएको नौ बुँदे सहमति यस्तो 

जोईन खबर

१८, बैशाख २०८२
  • 769
    SHARES
  • सरकार रशिक्षक महासंघबीच भएको नौ बुँदे सहमति यस्तो 

    १८ वैशाख काठमाडौँ । नेपाल सरकार र शिक्षक महासंघबीच नौ बुँदे सहमति भएको छ । । उक्त माग पुरा भए संगै आन्दोनका सबै कार्यक्रम स्थगित भएका छन् । सरकार र शिक्षक महासंघ बिच भएको ९ बुंदे सहमतिहरु। 

    images

    १. शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने ।

    images
    images
    images

    २. अस्थायी प्रकृतिका शिक्षक – राहत, अस्थायी, करार, साबिक उमावि, सिकाई अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बाल विकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम अवकाश भएका बखतमा एकमुष्ट प्राप्त गर्ने ।

    ३. प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोके बमोजिम व्यवस्था गर्ने ।

    ४.आगामी आ।व २०८२र८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकहरूको लागि निजामती सरह ग्रेड सङ्ख्या र रकम कायम गर्ने ।

    ५. स्थायी तथा अस्थायी प्रकृतिका कोटा ९राहत, अस्थायी, करार साविक उमावि, प्राविधिक धार र विशेष शिक्षा० का सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने ।

    ६. सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने ।

    ७. नेपाल सरकारको मर्यादाक्रम सूचीमा शिक्षकहरूलाई समावेश गर्ने ।

    ८. नेपाल शिक्षक महासङ्घको आन्दोलनका क्रममा घाुइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, पत्रकारहरु तथा कर्मचारीहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने ।

    ९. निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुनेगरी कायम गर्ने।

    प्रकाशित मिति :बैशाख १८, २०८२ बिहिवार - ०९:३१:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको