Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राजवीर सेमिफाइनलमा

राजवीर सेमिफाइनलमा

जोईन खबर

१८, बैशाख २०८२
  • 922
    SHARES
  • राजवीर सेमिफाइनलमा

    १८ वैशाख काठमााडौँ । राजवीर प्रधान ११ औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार सेमिपफाइनलमा प्रवेश गरेका छन् । सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा राजवीरले नेपाल नम्बर वान प्रदीप खड्कालाई ६–४ र ७–५ को सोझो सेटमा पराजित गरे ।

    images

    सोही स्पर्धामा आरभसम्राट हाडाले सक्षमविक्रम शाहलाई ६–२ र ६–१, निसान श्रेष्ठले प्रणव खनाललाई ४–६, ६–२ र ७–५ तथा निहालजंगबहादुर थापाले प्रीतम परियारलाई ६–२ र ६–१ ले हराउदै सेमिफाइनलमा प्रवेश गरे ।महिला सिंगल्समा अभिलाषा विष्टले समृद्धि महर्जनलाई ६–२ र ६–०, जेनी खड्काले प्रकृति श्रेष्ठलाई ६–२ र ६–०, आइशा डोल्कर लामाले कर्मिस्था नुगाह श्रेष्ठलाई ७–६ र ६–३ तथा स्वस्तिका विष्ठटले सुनिरा थापालाई ६–३, ३–६ र ७–६ ले पाखा लगाउदै सेमिफाइनलमा पुगे ।

    images
    images
    images

    सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियार, सिमान्त गुरुङ, भीष्मजंग गुरुङ र सन्तोष खत्रीले सेमिफाइनलमा स्थान सुरक्षित गरे । ४५ वर्षमाथि पुरुष डबल्समा कमलबहादुर भण्डारी र सुमित मैनालीको जोडीले डेगेन्द्र श्रेष्ठ र महेश श्रेष्ठको जोडीलाई ५–७, ६–३ र १०–७ ले पन्छ्याउदै पहिलो भए ।

    भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा भिक्टर राणा, ध्रुवबहादुर गुरुङ, उत्तम बोगटी र विमलकुमार गुरुङ सेमिफाइनलमा पुगे । ५५ वर्षमाथि पुरुष सिंगल्समा मनोजविक्रम शाह, चन्द्र शाही, कमलबहादुर भण्डारी र महेश श्रेष्ठले सेमिफाइनलमा स्थान बनाए ।

    प्रकाशित मिति :बैशाख १८, २०८२ बिहिवार - ०९:४३:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको