Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस,  विश्वभर सार्वजानिक बिदा 

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस,  विश्वभर सार्वजानिक बिदा 

जोईन खबर

१८, बैशाख २०८२
  • 715
    SHARES
  • आज अन्तर्राष्ट्रिय श्रमिक दिवस,  विश्वभर सार्वजानिक बिदा 

    १८ वैशाख काठमाडौँ । अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा मे दिवस नेपाल तथा विश्वभर श्रमिक बिदा मनाइँदै छ । दिवसको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

    images

    सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।सो आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो ।

    images
    images
    images

    सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो । प्रहरीको गोली लागि सात जना मजदुरको मृत्यु भयो ।

    मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गर्यो ।सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरे यता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो ।

    विश्वभरका मजदुरहरुले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।नेपालमा समेत मजदुर संघसंगठनहरुले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने तयारी गरेका छन् । 

    प्रकाशित मिति :बैशाख १८, २०८२ बिहिवार - ११:०३:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको