१९ वैशाख काठमाडौँ । नेपालका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच आज भेटवार्ता भएको छ ।
अर्थ मन्त्रालयमा भेटका अवसरमा दुई देशको आपसी हितका बारेका कुराकानी भएको बताइएको छ।
भाजपा विदेश विभाग प्रमुख चौथाइवाले बुधबार बिहान मात्रै तीन दिने भ्रमणका लागि काठमाडौं पुगेका थिए ।