१९ वैशाख पोखरा ।पोखरामा प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामापोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सुरु प्रतियोगिताको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे ।उद्घाटन खेलमा इरानी टोलीले विजयी सुरुआत गरेको छ ।
प्रतियोगिताकोसमूह ।।।ए’ अन्तर्गतको पहिलो खेलमा इरानी टोलीले सशस्त्र प्रहरी बल(एपिएफ) लाई ३–१ को सेटमा पराजित ग¥यो । पहिलो सेट २५—२० ले आफ्नो पक्षमा पारेको इरानी टोली दोस्रो सेटमा पछि प¥यो । प्रतिष्पर्धात्मक दोस्रो सेटमा एपीएफले ३१–२९ ले इरानीटोलीलाई हरायो । २९—२९ को अवस्थामा रहेको बेला लगातार दुईअंक ल्याउँदै एपिएफले ३१–२९ ले आफ्नो पक्षमा पा¥यो ।तेस्रो सेट र चौथो सेटमा इरानी टोलीले पुनरागमन गर्दै ३—१ सेटमाजित निकाल्यो । इरानी टोलीले एपीएफलाई तेस्रो सेट २५–२३ र चौथो सेट २५–१९ ले पराजित गरेको हो ।दोस्रो खेलमा समूह ।
बी’ अन्तर्गत भारतीय टोली र नेपाल पुलिस क्लबप्रतिष्पर्धामा उत्रिएका छन् ।प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।समूह ।।।ए’ मा इरानी टोली, एपीएफ र गण्डकी प्रदेश छन् । भनेसमूह ।।।बी’ मा भारतीय टोली, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिसक्लब छन् । दुवै समूहबाट शीर्ष दुर्ईमा रहने टोलीले सेमिफाइनलखेल्नेछन् ।
फाइनल खेल बैशाख २२ गते हुनेछ ।प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ र उपविजेताले २ लाख ४४हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकलेजनाएको छ । तेस्रो हुने टोलीले १ लाख ४४ हजार ४४४ पाउनेछ ।सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ र विधागततर्फ उत्कृष्टहुनेहरूलाई ८ हजार ४४४ रुपैयाँ प्रदान गरिने डिष्ट्रिक्ट गभर्नरचण्डीप्रसाद अर्यालले जानकारी दिए । लायन्सको माध्यमबाट राष्ट्रिय तथाअन्तर्राष्ट्रिय स्तरमा भलिबलको प्रवद्र्धन र अन्तर्राष्ट्रिय