Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 एकदिवसीय  एमएम कपमा नेपाल पुलिस क्लब फाइनल प्रवेश

 एकदिवसीय  एमएम कपमा नेपाल पुलिस क्लब फाइनल प्रवेश

जोईन खबर

१९, बैशाख २०८२
  • 730
    SHARES
  •  एकदिवसीय  एमएम कपमा नेपाल पुलिस क्लब फाइनल प्रवेश

    १९ वैशाख काठमाडौँ ।   एकदिवसीय बिराटनगरमा जारि एमएम कपमा  विभागीय टोलि नेपाल पुलिस क्लब  फाइनल प्रवेश गरेको छ। बिहिबार सम्पन्न प्रतियोगिताको समुह चरणको अन्तिम खेलमा पुलिसले भारतको आसाम क्रिकेट क्लब टिमलाई पराजित गर्दै फाइनलमा अर्को विभागीय टोलि त्रिभुवन आर्मी क्लबसंगको भेट पक्का गरेको हो। पुलिस समुह बिु को विजेता बन्दा आसाम र कोशी प्रदेश भने बाहिरिएका छन्।

    images

    समुह ए को विजेताको रुपमा आर्मी यस अघिनै फाइनल प्रवेश गरिसकेको छ। उपाधिको लागि शनिवार त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बीच प्रतिस्पर्धा हुनेछ। खेल विहान ९ बजे सुरु हुनेछ। बिराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिसले ६ विकेटको जित दर्ता गर्यो। पुलिसले २६.१ ओभरमा ४ विकेट मात्र गुमाएर जित दर्ता गर्यो।पुलिसको ब्याटिंगमा अमित श्रेष्ठ र कप्तान शंकर रानाले अविजित रहँदै अर्धशतकीय योगदान दिए।

    images
    images
    images

    अमितले ७२ बलमा ५ चौका र ३ छक्का मद्दतले ७१ रन बनाए। यस्तै छैठौं नम्बरमा ब्याटिंग गरेका शंकरले ६७ बलमा ४ चौका र ४ छक्का मद्दतले ६३ रन बनाए।४३ रनमा ४ विकेट गुमाएको अवस्थामा अमित र शंकरले पाँचौ विकेटको लागि अविजित ११७ रनको साझेदारी गर्दै जितसम्म पुर्याए। चिरन्तन खात्तिनियरले १ विकेट लिए।

    यस्तै अरुण सोनारले ३१, केभिन संजिवले २३ तथा हियम कश्यपले १९ रन बनाए। पुलिसको बलिंगमा देब्रे हाते स्पिनर अरुण ऐरी र दायाँ हाते पेसर श्रवन यादवले ३ र ३ विकेट लिए। ऐरीले ९ ओभरमा १ मेडन गर्दै १७ रन खर्चिए भने यादवले ३ ओभरमा ७ रन खर्चिए। बिपिन खत्री, सुनिल दौल्याल, चित्र बिस्ट र दिपक डुम्रेले १ र १ विकेट लिए।

    एमएम कप फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको विजेता टोलीले रु. ४ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । उपविजेता टोलीलाई रु। २ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल दिइनेछ। त्यस्तै,प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु। २५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही रु. १५ हजार तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु. ४ हजार नगदसहित ट्रफी प्रदान गरिनेछ ।

    प्रकाशित मिति :बैशाख १९, २०८२ शुक्रवार - ११:२९:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको