Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 २९ दिनको आन्दोलन सकिए संगै आजदेखि विद्यालय खुल्यो, नयाँ भर्ना पनि सुरु

 २९ दिनको आन्दोलन सकिए संगै आजदेखि विद्यालय खुल्यो, नयाँ भर्ना पनि सुरु

जोईन खबर

१९, बैशाख २०८२
  • 718
    SHARES
  •  २९ दिनको आन्दोलन सकिए संगै आजदेखि विद्यालय खुल्यो, नयाँ भर्ना पनि सुरु

    १९ वैशाख काठमाडौँ । शिक्षक आन्दोलनपछि आजदेखि विद्यालय खुलेका छन् । बुधबार सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएपछि आजदेखि विद्यालय खुलेका हुन् ।बिहीबार सार्वजनिक बिदा भएकाले आजदेखि विद्यालयमा भर्ना अभियान सुरु गरिएको छ । नयाँ विद्यार्थी भर्नाको लागि आएका छन् ।

    images

    विद्यार्थीहरू आएर अतिरिक्त गतिविधिमा सहभागी भएका छन् । शिक्षा, तथा मानव स्रोत विकास केन्द्रका अनुसार देशैभर विद्यार्थी भर्ना अभियान सुरु भएको छ । सामुदायिक विद्यालयमा ढिला गरी भर्ना सुरु भएकाले अघिल्लो वर्षको तुलनामा यो वर्ष नयाँ विद्यार्थीको भर्नामा प्रभावित भएको छ ।

    images
    images
    images

    १ वैशाखबाट नयाँ शैक्षिकसत्र सुरु भएको थियो तर आन्दोलनका कारण २९ दिनपछि मात्र विद्यार्थी भर्ना अभियान सुरु भएको छ ।१७ वैशाखमा सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति भएपछि शिक्षकहरु काठमाडौंबाट फर्किएका छन् ।

    प्रकाशित मिति :बैशाख १९, २०८२ शुक्रवार - १३:३६:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको