Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पिसाब फेर्ने क्रममा  विवाद हुँदा छुरा  प्रहार  गरि हत्या 

पिसाब फेर्ने क्रममा  विवाद हुँदा छुरा  प्रहार  गरि हत्या 

जोईन खबर

१९, बैशाख २०८२
  • 568
    SHARES
  • पिसाब फेर्ने क्रममा  विवाद हुँदा छुरा  प्रहार  गरि हत्या 

    १९ वैशाख काठमाडौँ । काठमाडौं महानगरपालिकाको परोपकार पुलमुनी  विवाद हुदा छुरा प्रहार गरि एक युवाको हत्या भएको छ। छुरा प्रहार बाट  काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१० घर भएका माइला भनिने बिक्रम तामाङलाई  छुरा प्रहार गरि हत्या गरिएको हो ।

    images

    हत्यामा संलग्न सिन्धुपाल्चोकको चौतारा साँगाचोक ७ घर भई हाल डल्लु बस्ने आशिष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उक्त  घटना १६ बैशाखको बिहान साढे ११ बजे भएको हो । पुलमुनी पिसाब फेर्ने क्रममा बिक्रमले आशिषलाई गाली गरेका थिए।

    images
    images
    images

    सोही विषयमा विवाद हुँदा उनले झोलामा बोकेको चक्कु निकालेर प्रहार गरेका थिए। गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा मृत्यु भएको थियो।

    घटनामा प्रयोग भएको चक्कु समेत प्रहरीले बरामद गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जनसेवा वृत्तले आरोपीलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको हो।  

    प्रकाशित मिति :बैशाख १९, २०८२ शुक्रवार - १४:०४:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको