१९ वैशाख काठमाडौँ । रातो मत्स्येन्द्रनाथ मच्छिन्द्रनाथ को रथको पूजाआजा गर्नेको भीड लागेको छ । रथलाई पुलचोकबाट तानेर बिहीबार गास्बहाल पुर्याइएको थियो ।
आज गास्बहालमा रातो मत्स्येन्द्रनाथको पूजा गर्नेको भीड रहेको छ । रथलाई पाटनका विभिन्न स्थानमा परिक्रमा गराइन्छ । पुलचोक, गास्बहाल, सुनधारातर्फ महाबौद्ध र चाकु बहाल हुँदै लगनखेल, पोडे टोल र जावलाखेलमा परिक्रमा गराइन्छ ।
रातो मत्स्येन्द्रनाथको दर्शन गरेमा सुख शान्ति र समृद्धि मिल्ने विश्वास छ ।यो नेपालकै सबैभन्दा लामो जात्रा पनि हो । ललितपुरको पुल्चोकमा तयार पारिएको ३२ हात अग्लो रथमा रातो मत्स्येन्द्रनाथलाई रथारोहण गराइएको चौथो दिनबाट रथयात्रा सुरु गरिएको हो ।