Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विद्यालयका सहायक प्रधानाध्यापकले बिधार्थीलाई यौनजन्य दुर्व्यवहार गरेको आरोपमा पक्राउ 

विद्यालयका सहायक प्रधानाध्यापकले बिधार्थीलाई यौनजन्य दुर्व्यवहार गरेको आरोपमा पक्राउ 

जोईन खबर

२२, बैशाख २०८२
  • 718
    SHARES
  • विद्यालयका सहायक प्रधानाध्यापकले  बिधार्थीलाई यौनजन्य दुर्व्यवहार गरेको  आरोपमा पक्राउ 

    २२ वैशाख काठमाडौँ । चितवनको विद्यालयमा सहायक प्रधानाध्यापकले  बिधार्थीलाई यौनजन्य दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । चितवन  प्रतिष्ठित शैक्षिक संस्था नारायणी नमूना माध्यमिक विद्यालयमा सहायक प्रधानाध्यापकद्वारा आफ्नै छात्रामाथि यौनजन्य दुर्व्यवहार भएको खुलासा भएको हो ।

    images

    विद्यालयका सहायक प्रधानाध्यापक त्रिलोचन सापकोटाले १५ वर्षीया छात्रालाई फेसबुक म्यासेन्जरमार्फत अश्लील सन्देश पठाउनुका साथै होटलमा जाने दबाव दिएको उजुरी प्रहरीमा परेको थियो । आरोप अनुसार, सापकोटाले छात्राको बुबा घरमा नभएको मौका छोपी पिछा गर्दै आफन्तको घरसम्म पुगेका थिए ।

    images
    images
    images

    डरले बालिका ४५ मिनेट शौचालयमा लुकेर बसेकी थिइन् ।पीडित छात्राले आफ्नो परिवारसँग घटनाबारे खुलस्त कुरा गरेपछि परिवारले साइबर अपराध अन्तर्गत उजुरी दर्ता गरेका हुन् । उजुरीकै आधारमा सापकोटालाई पक्राउ गरि  हिरासत राखिउको छ ।

     उनीमाथि जिल्ला प्रहरी कार्यालय चितवनले म्याद थप गर्दै अनुसन्धान अघि बढाइएको छ ।त्रिलोचन सापकोटा विद्यालयको सहायक प्रधानाध्यापक मात्र नभई कक्षा १२ को परीक्षा केन्द्रका केन्द्राध्यक्षसमेत थिए ।

    प्रकाशित मिति :बैशाख २२, २०८२ सोमवार - ११:१४:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको