२२ वैशाख काठमाडौँ । देश भरिमा पहिलो पटक दलित समुदायका व्यक्ति नेपाल प्रहरीको नायब महानिरीक्षक डिआईजी पदमा डम्बर बहादुर बिक बनेका छन् । डिआईजी बढुवा सिफारिसमा परेका यो भन्दा अघि उनी नेपाल प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी रहेका बि क गृहसचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा रहेको बढुवा समितिको बैठकले डिआईजीमा बढुवा गरेको हो । गृहमन्त्रालयको बढुवा समितिले एसएसपी बिकसहित ८ जनाको नाम बढुवामा सिफारिस गरेको थियो। हाल बिक त्रिभुवन अन्तर्राष्टिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत थिए । प्रहरी संगठनमा इमान्दार तथा व्यवसायीक अधिकृतको छवि बनाएका बिकलाई डिआईजी बनाउनुमा प्रहरी नेतृत्वको समेत साथ सहयोग छ ।
उनी संगै सिनियारिटीमा ८ नम्बरमा रहेका थिए । पछाडि परेको उत्पीडित समुदायबाट यो पदमा पुगेर अझैं देश र जनताको सेवा गर्ने इच्छा रहेको डिआईजी बिकले बताए । अहिलेको बढुवापछि संगठन प्रमुखले चलाएको आन्तरिक शुद्धीकरणदेखि नागरिकमैत्री अभियानले सार्थकता पाएको महसुस भएको समेत जानकारी गराए । न्यायमा पहुँचमा नभएकालाई न्याय दिनुपर्ने कुराहरु प्रहरी संगठनमा सुधार गर्नुपर्ने आवश्यकता हो । दाङमा जन्मिएका बिकले २०५३ पुस ५ गते प्रहरी सेवामा प्रवेश गरेका हुन् । सामान्य परिवारमा जन्मिएका उनले ५,६ कक्षा पढ्दै गर्दा आमाबुबा गुमाए । त्यसपछि उनको हेरचाह ठूल्दाजु खड्गबहादुर सुनारको काँधमा आयो ।त्यसपछि उनले माध्यमिक तहसम्मको अध्ययन दाङको सदरमुकामा सके । पढाईमा अब्बल रहेका उनलाई त्यसपछि ठूल्दाजुले पढ्नकै लागि भनेर काठमाडौं पठाए ।
काठमाडौंमा बसेर पढ्दै गर्दा उनी प्रहरी सेवामा जोडिन पुगेका हुन् ।दलित भएकै कारण स्कुल पढ्दा समेत भेदभाव हुने गरेको उनी सम्झन्छन् । त्यतिमात्र नभएर गाउँघरमा पानी लिन जाँदा समेत तल्लो जातको भनेर हेप्ने गरेको बिकले बताए ।प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका बिकले एसएसपीमा विपद् व्यवस्थापन महाशाखा सामाखुसीको कमाण्ड सम्हाले भने प्रहरी उपरीक्षक ९एसपी०मा जिल्ला प्रहरी कार्यालय धादिङ र लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयको सफल कमाण्ड सम्हालेका थिए । बिकसँगै डिआईजी बढुवा हुनेहरुमा ध्रुवराज राउत, धोला बहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशिल सिंह राठौर, उमा प्रसाद चतुर्वेदी र हिमालय कुमार श्रेष्ठ रहेका छन् ।