Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज देशका सबै प्रदेशमा बर्षाको सम्भावना 

आज देशका सबै प्रदेशमा बर्षाको सम्भावना 

जोईन खबर

२३, बैशाख २०८२
  • 667
    SHARES
  • आज देशका सबै प्रदेशमा बर्षाको सम्भावना 

    २३ वैशाख काठमाडौँ । देशका विभिन्न ठाउँमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । अहिले झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सप्तरी, सिराहा, धनुषा, सिन्धुली र महोत्तरी आसपासका केही ठाउँमा चट्याङसहित पानी परिरहेको छ ।

    images

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई ठाउँमा मेघगर्जन भइरहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । पानी पर्ने प्रणाली उत्तरदेखि पूर्वतिर सर्दै गइरहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह पनि गरेको छ ।महाशाखाका अनुसार आज दिउँसो देशैभर वर्षाको सम्भावना रहेको छ ।

    images
    images
    images

    नेपालमा अहिले पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेकोले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

    प्रकाशित मिति :बैशाख २३, २०८२ मंगलवार - १०:५३:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको