Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जन्ती  पुर्‍याएर फर्किएको बस उदयपुरको त्रियुगा नदीको बाढीले बगायो

जन्ती  पुर्‍याएर फर्किएको बस उदयपुरको त्रियुगा नदीको बाढीले बगायो

जोईन खबर

२३, बैशाख २०८२
  • 1.1K
    SHARES
  • जन्ती  पुर्‍याएर फर्किएको बस उदयपुरको त्रियुगा नदीको बाढीले बगायो

    २३ वैशाख काठमाडौँ । उदयपुरको चौदण्डीगढी नगरपालिका-५ स्थित सिवाई-बेल्हा गाउँको बीचमा रहेको त्रियुगा नदीको बाढीले जन्ती पुर्‍याएर फर्किएको बस बगाएको छ ।

    images

    सोमबार राति सिवाईबाट सप्तरीमा जन्ती पुर्‍याएर बेल्टार फर्किने क्रममा को १ ख ४७५३ नं को यात्रुवाहक त्रियुगामा नदीमा आएको बाढीमा बगेको हो ।

    images
    images
    images

    इलाका प्रहरी कार्यालय सिवाईले बस सोमबार राति ११ बजे त्रियुगा नदीमा आएको बाढीमा बगेर डुबेको बताएको छ । प्रहरीका अनुसार नदीमा डुबेको बसमा चालक र सहचालक मात्रै थिए ।

    उनीहरू सकुशल रहेका छन् ।नदीमा डुबेको उक्त बस निकाल्न क्रेन बोलाइएको छ । न्‍यू प्रतिसारा यातायातद्वारा सञ्चालक उक्त यात्रुवाहक बस धरान(बेल्टार रुटमा चल्ने गरेको थियो ।

    प्रकाशित मिति :बैशाख २३, २०८२ मंगलवार - १५:०२:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको