Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मकालु हिमाल आरोहण गर्ने क्रममा विदेशी नागरिकको मृत्यु

मकालु हिमाल आरोहण गर्ने क्रममा विदेशी नागरिकको मृत्यु

जोईन खबर

२३, बैशाख २०८२
  • 1.1K
    SHARES
  • मकालु हिमाल आरोहण गर्ने क्रममा विदेशी नागरिकको मृत्यु

    २३ वैशाख काठमाडौँ । संखुवासभाको मकालु हिमाल चढ्ने क्रममा एक अमेरिकी आरोहीको मृत्यु भएको छ।मकालु गाउँपालिकास्थित रहेको मकालु हिमाल आरोहण गर्ने क्रममा ३९ वर्षीय अमेरिकी नागरिक एलेक्जेन्डर पन्काओको मृत्यु भएको हो।

    images

    आइतबार राति तेस्रो क्याम्प पूरा गरी आराम गरिरहेको अवस्थामा राति ८ बजे मृत्यु भएको पर्यटन विभागका सूचना अधिकारीले जानकारी दिनु भयो ।

    images
    images
    images

    उनका अनुसार उनको हृदयाघातको कारणले निधन भएको जानकारी आएको छ। मृतकको शरीर काठमाडौं ल्याउन सम्बन्धित एजेन्सीसँग समन्वय र सहजीकरण भइरहेको छ ।

    मृतक अमेरिकन नागरिक हिमालयन गाइड्स ट्रेकिङ कम्पनीमार्फत मकालु हिमाल आरोहणका लागि आएका थिए।

    प्रकाशित मिति :बैशाख २३, २०८२ मंगलवार - १६:३१:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको