२४ वैशाख काठमाडौँ । भारत र पाकिस्तानबीच तनाव बढेपछि चीनले दुवै देशलाई शान्त र संयम रहन आग्रह गरेको छ ।हिजो राति भारतले पाकिस्तानमाथि हवाई आक्रमण गरेपछि चिनियाँ विदेश मन्त्रालयले पाकिस्तानमाथि भारत सरकारले गरेको सैन्य कारबाहीलाई खेदजनक भएको बताए ।
उक्त घटनालाई लिएर चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनि हामी त्यहाँ भइरहेको सबै गतिविधिलाई चासोपूर्वक हेरिरहेका छौँ ।
हामी दुवै पक्षलाई शान्ति र स्थायित्वको बृहत्तर हितका लागि सोच्न, शान्त रहन, संयमता अपनाउन र परिस्थितिलाई अझ जटिल बनाउने कुनै पनि कदम चाल्नबाट जोगिन आग्रह गर्छौं।