Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भारत र पाकिस्तानबिच द्वन्द्वलाई मध्यनजर गर्दै नेपालले सीमा क्षेत्रमा  सुरक्षा व्यवस्था कडा पार्न निर्देशन

भारत र पाकिस्तानबिच द्वन्द्वलाई मध्यनजर गर्दै नेपालले सीमा क्षेत्रमा  सुरक्षा व्यवस्था कडा पार्न निर्देशन

जोईन खबर

२५, बैशाख २०८२
  • 673
    SHARES
  • भारत र पाकिस्तानबिच द्वन्द्वलाई मध्यनजर गर्दै नेपालले सीमा क्षेत्रमा  सुरक्षा व्यवस्था कडा पार्न निर्देशन

    २५ वैशाख काठमाडौँ । भारत र पाकिस्तानबिच बढ्दो तनावका कारण नेपालमा सम्भावित असरलाई मध्यनजर गर्दै केन्द्रीय सुरक्षा समितिको बैठकले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएको छ।बुधबार दिउँसो गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

    images

    बैठकमा भारत-पाकिस्तान तनावका कारण नेपालमा पर्न सक्ने प्रभावबारे छलफल भएको मन्त्री लेखकको सचिवालय स्रोतले जनाएको छ। अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचलाई थप प्रभावकारी बनाउने र अवैध घुसपैठ रोक्न समन्वयात्मक रणनीति अपनाउने विषयमा निर्णय भएको छ।

    images
    images
    images

    बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र नेपाली सेनाका बलाधिकृत रथी निर्मलकुमार थापा सहभागी थिए। बैठकले तीनै तहका सुरक्षा निकायलाई समन्वयात्मक रूपमा सुरक्षा रणनीति कार्यान्वयन गर्न निर्देश गरेका छन् । 

    प्रकाशित मिति :बैशाख २५, २०८२ बिहिवार - ११:४२:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको