२५ वैशाख काठमाडौँ । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा एक घर एक धारा भने अ भियानको कार्यक्रम उघाटन भएको छ । धार्चे गाउपालिका वडा न –५ माछीखोला गाउँमा एक घर एक धारा कार्यक्रम पालिकाले पूर्व शहरी राज्य मन्त्री नेकपा माओवादी केन्द्रका नेता छम बहादुर गुरुङको उपस्थितिमा माछीखोला खानेपानी आयोजना उद्घाटन गरेको हो ।
तस्विर : राज गोर्खाली
माछीखोलामा एक घर एक धारा कार्यक्रम अभियानले पूर्णता पाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताउनु भयो ।संघ सरकारको दुई करोड २८ लाख ९३ हजारमा माछीखोला खानेपानी आयोजना निर्माण भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनारले जानकारी दिनु भयो ।यस पालिका भित्र रहेका वडा मध्य यस वडा न ५ मा भने अरु वडाको तुलनामा अलि धेरै समस्या भएको थियो ।
तस्विर : राज गोर्खाली
त्यसै समस्यालाई समाधान गर्दै एक घर एक धारा आयोजन बाट सम्पन्न गरिएको पनि पालिका प्रमुख अधिकृत सुनारले बताउनु भयो । गाउँपालिकाले गरेको एक कार्यक्रममा धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको अध्यक्षता र पूर्व शहरी राज्य मन्त्री छम बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा पालिकाका कर्मचारी, जनप्रतिनिधि, स्थानिय लगायतको बक्लो रुपमा उपस्थिति थियो ।
